मिति २०७७/०२/०१ गते बिहिबार
आदरणीय अभिभावक साथै विद्यार्थी भाइबहिनीहरु, हार्दिक नमस्कार तथा न्यानो अभिवादन !
गत फाल्गुन/चैत्र महिनामा नगर शिक्षा कार्यालयद्वारा संचालित कक्षा ८ को नगर स्तरीय परीक्षाको परीक्षाफल नगर शिक्षाको निर्देशन अनुरुप निम्न बमोजिम प्रकाशित गरिएको छ । परीक्षाफल हेर्नको लागि तल कक्षा ८ संगै दिईएको DOWNLOD मा क्लिक गर्नु होला । साथै आउँदो आइतबारबाट अनलाइन कक्षा समेत संचालन हुने कुराको जानकारी गराउंदै रुटिन सहित अन्य जानकारीको लागि वेबसाइटको Notice Board मा हेर्नु हुन अनुरोध छ ।
CLASS - 8 - DOWNLOAD
धन्यवाद ।
विद्यालय प्रशासन
मिति २०७७-०१-२१ गते आइतबार ।
आदरणीय अभिभावक साथै विद्यार्थी भाइबहिनीहरु, हार्दिक नमस्कार तथा न्यानो अभिवादन !
कोरोना भाइरसको विश्वव्यापीरुपमा महामारीको कारणले गर्दा हतार हतारमा वार्षिक परीक्षा सकेपछि करिब डेढ महिनादेखि हामी सबै बन्दाबन्दी (Lockdown) अवस्थामा रहेको सबैलाई अवगत नै छ । यतिखेर राज्यको सबै क्षेत्र पनि थप्प रहेको र अभिभावक ज्युहरु पनि नानीबाबुहरुको पढाई प्रति चिन्तित हुनु हुन्छ भने हामी विद्यालय प्रशासन तथा शिक्षकहरु पनि अझै चिन्तित छौं । यो विषम परिस्थितिले छिट्टै नै विदा लिओस् र सामान्यरुपले जनजीवन सञ्चालन होस् भन्ने कामना गर्दै राज्यको नीतिनियम भित्र रहेर यस शैक्षिक वर्ष २०७६ को वार्षिक परीक्षाको परिक्षाफल वेवसाइट मार्फत प्रकाशन गरिएको व्यहोरा यसै सूचनाको साथ जानकारी गराउँदै हेर्नु हुन अनुरोध गर्दछौं । साथै परिक्षाफल प्रकाशन, नयाँ भर्ना तथा रजिस्ट्रेशन र अनलाइन कक्षा बारे निम्न बमोजिम रहेको छ ।
१. कक्षा ८ को नतिजा नगर शिक्षा कार्यालयद्वारा प्रमाणित गरे पछि मात्र प्रकाशित हुने छ ।मिति
२. नयाँ भर्ना तथा सम्बन्धित कक्षामा नाम दर्ता (Registration) को लागि अनलाइन मार्फत गर्न/गराउन सकिनेछ । यसको लागि विद्यालयको वेबसाइट www.angels.edu.np मा गई ADMISSION/REG लेखेको Tab मा क्लिक गरी दिईएको निर्देशन अनुसार Form भरी Submit गर्नु पर्नेछ । साथै सहज परिस्थिति सृजना भएको अवस्थामा सामाजिक दुरी कायम गर्दै आउँदो बैशाख २५ गतेदेखि विद्यालय परिसरमै भर्ना प्रक्रिया शुरु गरिने छ ।
३. परिक्षाफल प्रकाशन भइसके पछि तुरुन्तै नयाँ कक्षा - १० को लागि अनलाइन कक्षा बैशाख २३ गतेबाट र अन्य कक्षाहरु (कक्षा ९ बाहेक) को बैशाख २४ गतेबाट शुरु हुनेछ र यसको लागि अनलाइन कक्षाको रुटिन, शिक्षकको कोड तथा सम्पूर्ण निर्देशनहरु विद्यालयको वेबसाइट www.school.angels.edu.np मा रहेको Noticeboard मा हेरी जानाकारी लिई सोहि बमोजिम गर्नु/गराउनु हुन अनुरोध छ ।
४. सम्बन्धित कक्षाको पुस्तकको सम्बन्धमा सहज परिस्थिति भए पछि विद्यालयको Reception बाट जानकारी लिन सकिने छ ।
५. वार्षिक परिक्षाफलको नतिजा हेर्नको लागि तल उल्लेखित कक्षा सँगैको Download मा क्लिक गरी हेर्नु होला । यदि प्रकाशित गरिएको नामावली विवरणमा आफ्नो नानीबाबुहरूको नाम सम्मिलित नभएमा विद्यालय प्रशासनमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
NURSERY - DOWNLOAD
LKG - DOWNLOAD
UKG - DOWNLOAD
CLASS – 1 - DOWNLOAD
CLASS – 2 - DOWNLOAD
CLASS – 3 - DOWNLOAD
CLASS – 4 - DOWNLOAD
CLASS – 5 - DOWNLOAD
CLASS – 6 - DOWNLOAD
CLASS – 7 - DOWNLOAD
CLASS – 9 - DOWNLOAD
पुनश्च: - विद्यालय सम्बन्धि कुनै पनि नयाँ सूचना हेर्न र थाहा पाउनको निम्ति विद्यालयको वेवसाइत नियमित हेर्नु हुन अनुरोध छ । साथै अन्य जानकारीको लागि विद्यालयको Audio Notice नम्बर 1618014027233 मा डायल गरी सुन्न सकिने छ ।
धन्यवाद ।
विद्यालय प्रशासन